काठमाडौं । चर्चित कोलम्बियाली गायिका शाकिरा अचेल अर्कै तनावमा छिन् । स्पेनिस फूटबलर जेरार्ड पिकेसँग अलग्गिएपछि उनी अहिले अर्कै तनावमा परेको खुलेको हो ।

सो खबर सार्वजनिक भएसँगै उनलाई फलो गर्दै विवाहका लागि प्रस्ताव आउन थालेपछि उनी हैरान भएकी हुन् ।

‘ साका वाका ओ ओ’ गायिकाको नामले चर्चित उनलाई बार्सिलोनास्थित घरमा पुगेर एक फ्यानले विवाहको प्रस्तावसहितको पत्र पठाएका हुन् । त्यसपछि शाकिराका परिवार तथा उनका भाई टोनिनो मेबारक प्रहरी चौकी पुगेका छन् ।

तपाईंलाई जानकारी गराउ यस महिनाको सुरुमा उनको घर अगाडिको फुटपाथमा ‘तिमीलाई प्रेम गर्छु’ भन्दै ‘अज्ञात’ व्यक्तिले लेखेको प्रेमपत्र फेला परेको थियो ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

ती फ्यानले आफू शाकिरासँग तुरुन्तै विवाह गर्न चाहेको कुरा व्यक्त गरेका थिए । पत्रमा भनिएको थियो, ‘म तिमीसँग प्रेम गर्छु, सुन्दर महिला । म तिमीलाई लिन आउँदैछु, मेरो मायालु ।’ जानकारी अनुसार त्यो लेख्ने व्यक्ति एक रुसी नागरिक हुन् ।

शाकिरा पिकेसँग अलग भएपछि उनले शाकिरालाई घर वरपर पिछा गरिरहेका थिए । शाकिरा र पिके ११ वर्षसम्म सँगै बसेर हालै अलग भएका थिए । उनीहरुका दुई सन्तान पनि रहेका छन् ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु