नयाँदिल्ली । चाइल्डलाइन अम्बाला, सदर प्रहरी चौकी र मानव बेचबिखन विरुद्ध अभियान सङ्गठनले चार घण्टाको संयुक्त अभियानमा एक साताअघि उद्धार गरेकी १६ वर्षीया नेपाली नाबालिगलाई शुक्रबार आफन्तको जिम्मा लगाइएको छ ।

यस विषयमा नयाँ खुलासा भएको छ । नाबालिगले तीनवटा काउन्सिलिङका क्रममा आफूलाई अभियुक्त दिनेश मण्डलले अपहरण गरी तान्त्रिक शिक्षाको बहानामा अम्बाला ल्याएको बताइन् ।

वास्तवमा नाबालिगका बुबा बिरामी हुनुहुन्थ्यो । यसैको बहानामा आरोपी दिनेश बालिकाको घर पुगे । उनले बाबु निको पार्न तान्त्रिक विधि गरे ।

अब सामग्रीलाई विसर्जन गर्नुपर्छ भनियो । यसबारे अभियुक्त दिनेशले यो काम कुमारी नाबालिगले मात्र गर्न सक्ने बताए । यो काममा नाबालिग नाम परिवर्तित (ताया) ले मात्र गर्न सक्ने दावी गरे ।

अभियुक्तले भनेको स्वीकार गर्दै घरका मानिसले तान्त्रिकलाई पूजाको सामान विर्सन गर्न बालिका साथ लगाएर पठाए । आरोपितले विसर्जनको नाममा उक्त सामग्री लिएर बालिकालाई नेपालबाट अम्बाला ल्याएका थिए ।

घर नजिकैको खोलामा बिर्सजन गरिने भनिएपनि टाढा पुगेपछि त्रास देखाएर यो त भारतमा लगेर बिर्सजन गर्ने हो, यही फ्यालिएमा तिम्रो मृत्यु यही हुन्छ भन्ने डर देखाएर उनले भारतसम्म लगे ।

नेपालबाट प्रहरीसहित नाबालगका आफन्त शुक्रबार बिहान ७ बजे भारतको अम्बाला पुगेका थिए । यसपछि सीडब्लूसी अर्थात बाल संरक्षण समितिको आदेशमा बालिकालाई आफन्तको जिम्मा लगाइयो । बालिका अपहरण गर्ने आरोपीपनि बिहान ११ बजे सीडब्ल्यूसीमा हाजिर भएका थिए।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

जहाँ कानूनी प्रक्रियापछि बालिकालाई जिम्मा लगाइएको थियो । नेपाल प्रहरीका असई नारायणले करिब डेढ महिनाअघि नाबालिगलाई अभियुक्त दिनेशले ल्याएको बताए ।

हालसम्म १३ बालिका पीडित भए

प्रहरीले सोधपुछका क्रममा आरोपी दिनेश भारतको प्रयागनगर जिल्ला मोहराका बासिन्दा भएको र उनीविरुद्ध नेपाल प्रहरीले १२ वटा मुद्दा दर्ता गरेको खुलेको छ ।

नेपाल प्रहरीसँग अम्बाला पुगेका युवतीका आफन्तले जेठ १३ गते आफ्नी छोरीलाई अभियुक्तले अपहरण गरेको र त्यहाँबाट जेठ १५ गते अम्बाला पुगेको बताए । यहाँ करिब एक महिनासम्म आरोपी दिनेशले बालिकालाई शारीरिक र मानसिक दुव्र्यवहार गरिरह्यो । यति मात्र होइन, बालिकाको श्रम पनि शोषण गरेको पाइयो ।

आरोपी दिनेशकी यी बालिका १३औं पीडित भइन् । त्यसैगरी उनले नेपालबाट युवती ल्याएर यता उता बेच्ने र शोषण गर्ने गरेको पुष्टि भएको छ । उनले नेपालबाट १३ जना बालिका भारत ल्याईसकेको खुल्न आएको छ ।

,टोली मोबाइल फोनको लोकेशनबाट बालिकासम्म पुग्यो

जुन १७ मा नाबालिगले कसैको मोबाइलबाट आफ्ना अभिभावकसँग सम्पर्क गरेकी थिइन् । मलाई अम्बालाको पोल्ट्री फार्ममा राखिएको छ ।

म अपहरणमा परे । यहाँ मलाई अनेकौँ शोषण गरिरहेको छ भन्ने सूचना दिन बालिकाले सकिन् ।

त्यही सूचना दिने मोबाईल हुँदै प्रहरी त्यहाँ पुगेको छ । यो कुरा गैरसरकारी संस्था मानव बेचबिखन विरोधी अभियानले अम्बाला चाइल्डलाइनलाई जानकारी गराएपछि चाइल्डलाइन टोलीले प्रहरीको सहयोगमा मोबाइल नम्बरको लोकेशन ट्रेस गरेपछि जलबेहरा रोडमा आइपुगेको थियो ।

सोधपुछका क्रममा चाइल्डलाइन टोली, गैरसरकारी संस्था र प्रहरीले पोल्ट्री फार्ममा पुगेर बालिकाको उद्धार गरेका थिए । पोल्ट्री फार्ममा नाबालगबाट अण्डा हुर्काउने काम गराइरहेको पाइयो ।

,आरोपी दिनेश मण्डलले हालसम्म १३ नाबालिग बालिकालाई भगाएको छ । नेपाल प्रहरीले गरेको अनुशन्धानमा यो अपराधिले अहिलेसम्म नेपालका १३ बालिका शिकार बनाइसकेको छ ।

भारतको प्रहरीले जुन २० मा अभियुक्त दिनेश मण्डल विरुद्ध सदर प्रहरी चौकी पोक्सोबाट शारीरिक शोषण र बाल श्रमको मुद्दा दर्ता गरेको छ । बालिकालाई भने नेपाल प्रहरीको सुरक्षामा परिवारको जिम्मा लगाइएको छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु