काठमाडौं । चर्चित भारतीय युट्यबर प्रभाज्व सिंह नेपाल भ्रमणमा रहँदा मोटरसाइकल दुर्घटनामा परेका छन् ।
चितवनबाट काठमाडौंतर्फ आउँदै गरेका सिंह मोटरसाइकल दुर्घटनामा परेका हुन् । यसबीच उनी सवार भारतीए नम्बर एमएच ‘१ सिडब्लु ५९७१’ को मोटरसाइकले ठक्कर दिँदा एक नेपालीको ज्यान गएको छ ।

धादिङ गजुरी बजारमा एक जनाको मृत्यु भएको हो । सिंहको मोटरसाइकलले ठक्कर दिँदा ७९ वर्षका सुर बहादुर धितालको ज्यान गयो भने उनी गम्भीर घाइते भए । धितालको उपचारका लागि काठमाडौं ल्याउने क्रममा बाटोमै मृत्यु भएका हो ।
गत मंगलबार साँझ ५ बजे तिर सिंह काठमाडौंतर्फ आउँदै गर्दा तिव्र गतीमा आएका कारण दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दियो । सिंहको काठमाडौं अस्पतालमा उपचार भइरहेको छ ।
उनका दुबै खुट्टा फ्याक्चर भएका छन् । सिंहको उपचार सकिएपछि उनीविरुद्ध सवारी ज्यान मुद्धामा अनुसन्धान गरिने छ । चर्चित बाइक राइडरका रुपमा भारत, नेपाल लगायतका अन्य देशहरुमा सिंहका थुप्रै फ्यानहरु रहेका छन् । Read In English

