salon basnet weeding :

काठमाडौं । शोभित बस्नेतका छोरा सलोन बस्नेत र करिश्मा केसी केही दिन अगाडि विवाह बन्धनमा बाधिएका छन् ।

लामो समयको प्रेम समबन्धलाई उनीहरुले विवाहमा परिणत गरेका हुन् । यसै बिच विवाहमा खिचिएको भिडियो नायक सलोन र करिश्माले १० लाखमा बिक्री गरेका छन् ।

बलिउड तथा हलिउडका कलाकारहरुले आफ्नो विवाहको भिडियो डिजिटल प्लेटफर्ममा बेचेर महंगो रकम हात पारेका खबरहरु सार्वजनिक भइरहेका हुन्छन् ।

नेपालका कलाकारहरुले भने आफनो विवाहको भिडियो अफनो युट्युव च्यानलमा राख्ने गरेका छन् । तर नायक सलोन र करिश्माले भने विवाहको भिडियो डिजिटल राइटस बिक्री गरेका हुन् ।

उनीहरुको विवाह गरेका ३ वटा भिडियो ‘ओ एस आर डिजिटल’बाट सार्वजनिक हुने भएको छ । उक्त भिडियोमा उनीहरुको मेहेन्दी देखी लिएर पार्टीमा गरिएका गतिविधिलाई प्रस्तुत गर्ने गरि समझौता भएको हो ।

सलोन र करिश्माले अभिनय गरेको ‘राजा रानी’ बोलको म्युजिक भिडियो पनि ‘ओ एस आर डिजिटल’ च्यानलबाट नै सार्वजनिक गरिएको छ ।

उक्त म्युजिक भिडियोलाई अहिले सम्म ३ लाख ८० हजार भन्दा बढी दर्शकहरुले हेरी सकेका छन् । यस भिडियोलाई ३३ हजार भन्दा बढीले मन पराउनुका साथै ७५० जनाले टिक्का–टिप्पणी गरेको देख्न सकिन्छ ।

स्रोतका अनुसार १० लाख एमजीमा सबै सामाग्रीको अधिकार बिक्री गरिएको हो । साथै १० लाख एमजी पछि सलोनले ७० प्रतिशत र ‘ओ एस आर’ले ३० प्रतिशत अधिकार पाउने सहमति भएको छ । जुन विषय निर्देशक शोभित बस्नेतले पुष्टि गरेका छन् ।

आमेश भण्डारीको शब्द संगीत र स्वरमा समावेश ‘राजा रानी’ बोलको गीतमा सलोन र करिश्माको विवाहको तामझाम देख्न सकिन्छ ।

 

सम्बन्धित खबरहरु