२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

डोटीमा अन्तरजातीय विवाह गर्ने जोडिलाई सम्मान

डोटी । डोटीको केआइसिंह गाउपालिका–५ ले अन्तरजातीय विवाह गर्ने जोडिलाई सम्मान गरेको छ। गाँउपालिकाले जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा अन्तरजातीय विवाह गर्ने जोडिलाई सम्मान गरेको हो। अध्ययनको शिलशिलामा माया प्रेम बसेर विवाह गरेका जोडिलाई गाउँपालिकाले सम्मान गरेको छ। तर अन्तरजातीय विवाह गरेका जोडिले भने जातीय विभेदको अझै पनि सामना गर्नुपरिरहेको अनुभव सुनाएका छन्।

अन्तरजातीय विवाह गरेकी पार्वती साउँदले हामीले प्रेम सम्बन्धलाई पुर्णता दिन विवाह गरेको भए पनि धेरै यातना खेप्नु परेको गुनासो पोख्नुभयो । ‘म एक सक्षम शिक्षित व्यक्तिमाथि त यस्तो व्यवहार हुन्छ भने अन्य साधारण जोडिले अन्तरजातीय विवाह थेग्न सक्ने अवस्था छैन् उहाँले भन्नुभयो ।’

प्रकाशित मिति : २०८० जेष्ठ २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस