२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

काठमाडौंमै घर तर ‘लिभिङ टुगेदर’मा अपार्टमेन्टमा बस्ने जोडीको डरलाग्दो धन्दा

काठमाडौं । काठमाडौंमै घर तर, अपार्टमेन्टको बास। सोल्टिमोडको सोल्टीसिटी अपार्टमेन्टमा बस्ने यी जोडीले तिर्ने गरेका थिए, मासिक ६० हजार भाडा। तर त्यो रकम उनीहरू ल्यापटप र मोबाइल चोर्थे र बेचेर जुटाउँथे।

अष्ट्रेलिया जाने सपनामा यसरी श्रृंखलावद्ध चोरी गर्दै आएका एक जोडीलाई ललितपुर प्रहरीले पक्राउ गरेपछि घटना बाहिरिएको हो । काठमाडौंको नक्सालका ३९ वर्षीय सुवोध श्रेष्ठ र उनकी प्रेमिका १९ वर्षीया रोशनी महर्जन यतिबेला ललितपुर प्रहरीको हिरासतमा छन्।

उनीहरू डेढवर्षदेखि अपार्टमेन्टमा बस्थे। ‘लिभिङ टुगेदर’मा रहेका उनीहरू दिनभर मोबाइल तथा ल्यापटप पसलको रेकी गर्थे र राति चोर्न हिँड्थे। सुबोध पहिले पनि चोरी मुद्दामा जेल परेर छुटेका हुन्। जेलबाट छुटेका उनी सुध्रिएनन्। उनको कुकर्ममा साथ दिन थालिन्, प्रेमिका रोशनीले।

उनीहरूको सपना थियो, चोरेको रकमले अष्ट्रेलिया उड्ने। तर १९ वर्षपछि फेरि उही मुद्दामा जेल फर्किने बाटो बनायो। २०८० जेठ २८ गते राति ललितपुर प्रशासन कार्यालय अगाडीको ग्लोबल लिंक टेक्निोलोजीबाट एउटा ल्यापटप चोरी भयो। पसल सञ्चालकले प्रहरीमा उजुरी गरे।

ललितपुर प्रहरीले अनुसन्धान थाल्यो। १० दिन लामो अनुसन्धानपछि फन्दामा परे सुबोध र रोशनी। सुबोध आफैं पनि पहिले आइटीसम्बन्धिकै पसल सञ्चालक हुन्। काठमाडौंको महाबौद्धमा पसल खोलेका थिए। उनले त्यसक्रममा सामान खरिद बिक्रि बारे सिके।

तर भूकम्पपछि राम्रो नचलेपछि पसल बेचिदिए। अनि फेरि सुरु गरे चोरी। उनीहरूले दिनभरी पसलमा रेकी गर्न जाने र रातिको समयमा चोरी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

प्रकाशित मिति : २०८० असार ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस