२०८३ असोज ७ गते बुधवार | 2026 September 23rd Wednesday

ललिता निवास प्रकरणमा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुले पेश गरेको रिटमा सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधीश डा. कुमार चुँडालको एकल इजलासले यस्तो आदेश दिएको हो । उक्त प्रकरणमा पक्राउ परेका तीन जनाले बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्चले यस्तो आदेश दिएको हो ।

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका तीन जनाले दिएको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्चले कारण देखाऊ आदेश दिएको छ।

सर्वोच्च अदालतका अनुसार न्यायाधीश कुमार चुडालको एकल इजलासले शुक्रबार उनीहरूको निवेदनमाथि सुनुवाइ गर्दै कारण देखाऊ आदेश दिएको हो।

आदेशमा भनिएको, ‘यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिम बन्दीप्रत्यक्षीकरणको आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुन नपर्ने मनासिव आधार, कारण र प्रमाण भए सो समेत खुलाई यो सूचना म्याद प्राप्त भएको मितिले बाटाको म्यादबाहेक २४ घण्टाभित्र कागज प्रमाणहरूसहित महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्नू भनी यो आदेश र निवेदन पत्रको प्रतिलिपीसमेत साथै राखी विपक्षीहरूको नाममा म्याद सूचना जारी गरी लिखित जवाफ परे वा अवधि व्यतित भएपछि नियमानुसार पेश गर्नू ।’

 

प्रकाशित मिति : २०८० असार १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस