२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

गैरकानूनी रूपमा कतारबाट सुन ल्याएको आरोपमा १२ जना पक्राउ

काठमाडौं । गैरकानूनी रूपमा कतारबाट सुन ल्याएको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गैरकानूनी रूपमा कतारबाट सुन ल्याउने १२ जना नेपालीलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ।

उनीहरूले भन्सार छली गर्दै सुन ल्याएको आरोप छ।

नेपाल वायु सेवा निगमको जहाजबाट आइतबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रेका १२ जनालाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरूको साथमा स–साना परिमाणका सुनका गहना फेला परेका थिए।

सुनिलकुमार महरा, दिनेशकुमार यादव, सन्तुगुलाम मुराउ, नरेश पंजियार, भुमबहादुर वली, विनोदकुमार साह, सञ्जुकुमारी साह, दुर्गाप्रसाद यादव, देवानन्द साह, शिवसुन्दर राउत, मोहनकुमार यादव, निभाइ साहलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार उनीहरूले करिब २ अर्ब ३७ करोड ८२ लाख ३६ हजार ५ सय ४९ बराबरको सुनलगायत कारोबार गरेको देखिएको छ। उनीहरु मजदुरी गरेर घर फर्किएकाहरु तर मुल सुन तस्करको जालोमा परेको प्रहरीको अनुशन्धानले देखाएको छ ।

प्रकाशित मिति : २०८० असार २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस