२०८२ पुष २९ गते मङ्गलवार | 2026 January 13th Tuesday

नेपालमा भूमि बैंक स्थापना गर्न ढिलाइ गर्नु हुँदैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा ‘भूमि बैंक’ स्थापना गर्नुपर्नेमा जोड दिनु भएको छ। बाँझो जमिनलाई परिचालन गरी कृषि उत्पादन बढाउन मुलुकमा भूमि बैंक आवश्यक रहेको ओलीको भनाइ थियो।

मंगलबार च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा पार्टीको कृषि तथा पशुपंक्षी विभागले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले तराईमा जमिन चक्लाबन्दी गरी खेती गर्न पनि सो बैंक अति आवश्यक रहेको बताउनुभयो।

ओलीले पहाडमा भने कृषि उत्पादन बढाउनका लागि सहकारीकै विधि उपयुक्त हुने तर्क गर्नुभयो। उहाँले नेपालमा पाँच वर्ष भित्र कृषि उत्पादन ८० प्रतिशत वृद्धि गर्न सकिने जिकिरसमेत गर्नुभयो।

उहाँले भन्नुभयो, ‘भूमि बैंकमा लगेर आफ्नो जमिन राख्ने र त्यसलाई चक्लाबन्दीको रुपमा त्यसमा फार्मिङ गर्ने कुरा तराईमा सबभन्दा बढी उपयोगी हुन्छ। पहाड सहकार्य नै काफी हुन्छ। सुन्तला यहाँ राम्रो हुन्छ। यसको बजार राम्रो छ भनेपछि त्यहाँका मानिसले सुन्तला खेती गर्न सक्छन।’

अध्यक्ष ओलीले नेपालमा कृषिका लागि सिंचाईको अभाव नहुने दाबीसमेत गर्नुभयो। उहाँले माटोलाई स्वस्थ राख्नका लागि प्राङगारिक मलको प्रयोगमा वृद्धि गर्दै लैजानुपर्ने बताउनुभएको छ।

प्रकाशित मिति : २०८० असार १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस