२०८३ असार २८ गते आइतवार | 2026 July 12th Sunday

प्रधानमन्त्रीको सीमा अभिव्यक्ति प्रकरण अझै तन्कियो

काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकमा पनि प्रधानमन्त्री बालेन शाहले जेठ १७ गते दिएको सीमासम्बन्धी अभिव्यक्तिको विरोध जारी रह्यो। विपक्षी सांसदहरूले सरकारसँग स्पष्ट जवाफ माग्दै उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन पुनः आग्रह गरे। नेकपाका सांसद प्रमेश हमालले नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको भनाइ संवेदनशील भएको भन्दै सरकारको आधिकारिक धारणा स्पष्ट हुनुपर्ने बताए। उनले परराष्ट्रमन्त्रीलाई लक्षित गर्दै त्रिदेशीय सीमा विषयमा चीनसँग संवाद भएको छ कि छैन भन्नेबारे जानकारी दिन माग गरे।

हमालले सुस्ता क्षेत्रमा भारतीय नागरिक प्रवेश, दार्चुलाको आकाशमा भारतीय हेलिकप्टर प्रवेश, र नेपाली चिया निर्यातमा अवरोधजस्ता घटनाप्रति सरकारको ध्यानाकर्षण गराए। कांग्रेसकी रेखाकुमारी यादवले परराष्ट्रमन्त्रीको प्रतिक्रियालाई ‘ललिपप देखाएजस्तो’ भन्दै आलोचना गरिन्। उनले प्रधानमन्त्रीको अभिव्यक्तिबारे मन्त्रीको जवाफ पर्याप्त नहुने स्पष्ट पारिन्। एमालेकी टुकाभद्रा हमालले पनि प्रधानमन्त्रीको भनाइ संसद्को रेकर्डबाट हटाउनुपर्ने माग दोहोराइन्।

 

प्रकाशित मिति : २०८३ असार २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस