काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई भर्खरै पक्राउ गरेको छ । अख्तियार सम्बद्ध स्रोतका अनुसार पासपोर्ट खरिद प्रकरणको अनुसन्धानको सिलसिलामा अर्याललाई पक्राउ गरेको हो ।
यो केसमा अर्यालका साथै व्यवसायी सिद्धार्थ थापा पनि जोडिन्छन् । अर्का एक जना व्यक्ति पनि पक्राउ परेको स्रोतले बतायो । उनीहरु सुरक्षा निगरानीमा छन् ।
प्रकाशित मिति : २०८३ असार २ गते मङ्गलवार

