काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार ६०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य तोलामा १४० रुपैयाँले घटेर प्रतितोला चार हजार ५९० रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।
प्रकाशित मिति : २०८३ असार ९ गते मङ्गलवार

