२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

लन्डन निवासी हट मोडेल एवं गायिका अनिता लिम्बुको गीत’टिकटक’ सार्वजनिक [ भिडियोसहित ]

काठमाडौ । लन्डन निवासी चर्चित मोडेल एबम गायिका अनिता लिम्बुले नयाँ गीत ‘टिकटक’को म्युजिक भिडियो सार्वजनिक गरेकी छिन । अनितालाई हट अवतारमा प्रस्तुत गरिएको गीतको भिडियोलाइ लण्डनको चर्चित वाकम्यान्स स्टुडियोले निर्देशन गरेको हो। अनिताको नै शब्द र संगीत रहेको गीतलाई विषम आचार्यको एरेन्ज रहेको छ ।

लन्डनमा आयोजना हुने अधिकांश र्‍याम्प सोहरुमा विदेशी मोडलहरुसँग मजाले प्रतिस्पर्धा गरेर नेपालीको पहिचान राख्दै थुप्रै उपाधीहरु पनि जितिसकेकी गायिका एबम मोडेल अनिता लिम्बुले यसअघि पनि धेरै म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन। भिडियोलाइ मोडेल एबम गायिका अनिता लिम्बुको युट्युब च्यानल Anita Limbu बाट सार्वजनिक गरिएको हो ।

 

प्रकाशित मिति : २०८० साउन ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस