२०८२ मङ्सिर ३ गते मङ्गलवार | 2025 November 18th Tuesday

गैंडाकोटकी कुमालले आफ्नै शरीरमा लगाइन् आगो

गैंडाकोट । पूर्वी नवलपरासीको गैंडाकोटमा एक महिलाले आत्मदाहको प्रयास गरेकी छन् । गैंडाकोट नगरपालिका(२ एसपीएम चोक बस्दै आएकी २३ वर्षीया कञ्चन कुमालले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी हुन् । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

बुधबार श्रीमानसँग सामान्य झगडा भएपछि कोठाभित्र पसेर चुक्कल लगाएर आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डीएसपी वेदबहादुर पौडेलले जानकारी दिए । आगलागीबाट गम्भीर घाइते उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । ती महिलाको शरीरको माथिल्लो भाग र अनुहार जलेको प्रहरीको भनाइ छ ।

आगोले उनको ४० प्रतिशत शरीरको भाग जलेकोले भरतपुर अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौं रिफर गरिएको भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए ।

 

प्रकाशित मिति : २०८० भाद्र १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस