२०८३ जेष्ठ ४ गते सोमवार | 2026 May 18th Monday

पाकिस्तान उड्नुअघि सन्दीपले भने, जीवनको कठिन समय भएपनि एसिया कममा राम्रो गर्छु

Sandeep before flying to Pakistan

काठमाडौं । एसिया कप खेल्न क्रिकेटर सन्दीप लामिछाने पाकिस्तान प्रस्थान गरेका छन् । लामिछानेलाई विदा गर्न राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ आफैं विमानस्थल पुगेका थिए । सन्दीप गएसँगै नेपाली टिम पूर्ण हुने उनको विश्वास छ ।

सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै सन्दीपले एसिया कप खेलका लागि आफू फिट रहेको बताए । जीवनको कठिन समय भएपनि आफूले सकेको अभ्यास गरेको भन्दै उनले भने, ‘खेल्नका लागि म तयार छु । आशा छ, एसिया कममा राम्रो गर्ने छौं ।’ टिमसँग घुलमिल हुन समय नलाग्ने भन्दै उनले एसिया कपमा राम्रो गर्ने विश्वास व्यक्त गरे ।

नेपालले पाकिस्तान र भारतसँग खेल्नेछ । सन्दीपले भने, ‘त्यो खेलमा हार जित भन्दा पनि हामीले उहाँहरुबाट सिक्नसक्ने कुरा महत्वपूर्ण हुनेछ । हामीलाई जति आउँछ, त्यो दिल खोलेर खेल्ने छौं ।’ ‘यो खुसीको एउटा पर्व जस्तै हो किनभने हामीले सधैं यस्तो टिमहरुसँग खेल्न पाउँदैनौं’ आगामी दिनमा पनि यस्ता टिमसँग कसरी निरन्तर खेल्ने वातावरण बनाउने भन्नेतर्फ सोच्नुपर्नेमा जोड दिए ।

 

प्रकाशित मिति : २०८० भाद्र ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस