२०८३ साउन १३ गते बुधवार | 2026 July 29th Wednesday

दार्चुलाको तिङ्करमा सशस्त्र प्रहरीको बीओपी स्थापना

धनगढी । दार्चुलाको तिङ्करमा सशस्त्र प्रहरीले बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेको छ । व्याँस गाउँपालिका–१ को छयाँलेकमा सशस्त्र प्रहरीले शुक्रबार बीओपी स्थापना गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण दार्चुलाका प्रमुख, सशस्त्र प्रहरी उपरीक्षक (एसपी) डम्बर बिष्टले तिङ्करमा स्थापना गरिएको बीओपीको सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल (एआईजी) ले विधिवत् रूपमा शुक्रबार उद्घाटन गर्नुभयो ।

योसँगै दार्चुलामा बीओपीको संख्या पाँच पुगेको छ। यसअघि जिल्लाको दुम्लिङ, दत्तु, जोलजीवी सुन्सेरा र लालीमा बीओपी स्थापना भइसकेका छन् ।

 

प्रकाशित मिति : २०८० भाद्र २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस