२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

अमेरिकी डलर र भातीय रुपैयाँ बोकेर पारो जान लागेका भुटानी काठमाडौंमा पक्राउ

Pakrau arrested

काठमाडौं, २ कात्तिक । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा बाह्‍य मुलुकतर्फ लैजान लागेको ९ हजार ५ सय अमेरिकी डलर र ८ हजार भारतीय रुपैयाँसहित भुटानी नागरिक ६५ वर्षीया यशी चोडेनलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ड्रुक एयरको उडानद्वारा काठमाडौंबाट पारो जान लागेकी उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड व्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनको साथबाट लुकाई लैजान लागेको उक्त विदेशी मुद्रासहित फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।

 

 

प्रकाशित मिति : २०८० कार्तिक २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस