२०८३ जेष्ठ ६ गते बुधवार | 2026 May 20th Wednesday

नेपाललाई भारतविरुद्ध पहिलो सफलता

काठमाडौं । १९औं एसियाड अन्तर्गत पुरुष क्रिकेट क्वाटरफाइनलमा भारतविरुद्ध दीपेन्द्र सिंह ऐरीले नेपाललाई पहिलो सफलता दिलाएका छन् । दीपेन्द्रले भारतका कप्तान ऋतुराज गायकवाडलाई १० औं ओभरको पाँचौ बलमा कप्तान रोहितबाट डिप मिडविकेटमा क्याचआउट गराए । दीपेन्द्रले आक्रामक सुरुवात गरेको भारतको १०३ रनको साझेदारी तोडेका छन् ।

झेजिङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डको मैदानमा भएको टसमा भारतीय कप्तान ऋतुराज गायकवाडले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन्। नेपाली टोलीमा करण केसी र अभिनास बोहरा टिममा रहँदा विनोद भण्डारी र ललित राजवंशी बेन्चमा रहेका छन्।

नेपालले समूहचरणमा मंगोसियालाई २ सय ७३ र माल्दिभ्सलाई १ सय ३८ रनको विश्व कीर्तमानी स्कोरले हराउँदै क्वाटरफाइनल प्रवेश गर्दा भारतले भने सिंधै क्वाटरफाइनलमा स्थान बनाएको हो। भारतले आफ्नो दोस्रो रोजाइको टिम चीनमा पठाएको छ। ऋतुराज गायकवाडको कप्तानीमा रहेको टिममा अधिकांस खेलाडीले राष्ट्रिय टिमको अनुभव बटुलिसकेका छन्। साथे आइपिएलमा धुवाँधार प्रदर्शन गरेकाले भारतीय टिम उपाधि दाबेदार हो। नेपालले टी-२० अन्तराष्ट्रियमा पहिलो पटक भारत विरुद्ध खेल्न लागेको हो।

नेपाल लगातार दोस्रो महिना भारतसँग खेल्न लागेको हो। अघिल्लो महिना एसियाकप क्रिकेटमा नेपालले एकदिवसीय खेलमा भारत र पाकिस्तानको सिनियर टिमसँग प्रतिस्पर्धा गरेको थियो। क्वाटरफाइनलमा सबै टेस्ट टिमले सोझै स्थान बनाउँदा सबै टेस्ट टोलीले विश्वकपको कारण दोस्रो रोजाईको टोली पठाएका छन्।

 

प्रकाशित मिति : २०८० असोज १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस