२०८३ असार ९ गते मङ्गलवार | 2026 June 23rd Tuesday

एम्पायर किनेर भारतले हराएपनि नेपालले यसरी खेल्नेछ विश्वकप: विश्वकपमा भारतसँग वदला लिने उद्घोष

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम चीनमा जारी एसियाली प्रतियोगिताबाट बाहिरिएपछि घर फर्किदैछ । भारतसँग २३ रनले पराजित भएर नेपाल खेलबाट बाहिरियो तर विश्वभरका क्रिकेटप्रेमीको मन भने जित्यो । विश्वभर नै उम्पायले नेपालमाथी न्याय नगरेको बताइरहेका छन् । केही क्रिकेट पण्डितहरुले भारतले एम्पायर किनेको आरोप समेत लगाएका छन् ।

खेलपछि राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले विश्वकप छनोटका लागि तयारी गर्ने बताएका छन् । समग्र खेलको प्रदर्शन सन्तोषजनक भएको बताएका छन् । उनले फिल्डिङमा भने केही कमजोरी भएको बताए । उनले भने, टी २० मा खारिएका टिमसँग खेल्न पाउँदा राम्रो अनुभव भइरहेको छ । अब विश्वकप छनोटका लागि राम्रो तयारी गर्छौ । सबै खेलाडी उत्साहित छन् । किनकि हामी पछिल्लो दुई तीन महिना राम्रो टिमसँग खेली रहेका छौँ । टेस्ट खेल्ने, वर्ल्डकप खेल्ने राष्ट्रहरूसँग खेलिरहेका छौँ । हामी हाम्रो उत्कृष्ठ प्रदर्शन गर्नेछौँ ।

राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टि देसाईले खेलमा नेपाली खेलाडीको प्रदर्शनले आफूलाई गर्व लागेको बताएका छन्। उनले भने, टी–२० भनेको यस्तै खेल हो । हामीले राम्रो खेल्यौँ। यो खेलबाट हामी विश्वकप छनोटका लागि धेरै आत्मविश्वासी भएका छौँ ।’

नेपालले कात्तिक १३ गतेदेखि २० गतेसम्म हुने आईसीसी टी–२० विश्वकप एशिया क्षेत्र छनोटअन्तर्गतका सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल्ने छ । नेपालको समूह चरणका सबै खेल त्रिवि क्रिकेट मैदानमा हुने तालिका सार्वजनिक भएको हो।

नेपालले पहिलो खेल कात्तिक १३ गते सिंगापुरसँग खेल्नेछ भने दोस्रो खेल मलेशियासँग कात्तिक १४ गते र तेस्रो खेल कात्तिक १६ गते ओमानसँग टीयू मैदानमा खेल्नेछ। दुई समूहका शीर्ष दुईमा रहने टोलीले कात्तिक १७ मा सेमिफाइनल खेल्नेछन्। सेमिफाइनलका विजेता टोलीले विश्वकपमा स्थान बनाउने छन्।

नेपाल यो पटक विश्वकपमा आफ्नो स्थान पक्का बनाउँन खोज्दैछ । धेरैले त्यो सम्भावना रहेको आँकलन गरेका छन् । समूह ए मा नेपाल, सिंगापुर, ओमान र मलेशिया छन्। समूह बी मा यूएई, बहराइन, हङकङ र एशिया क्वालिफायर ए बाट आउने एक टोली रहनेछन्। यी टोलीलाई नेपालले जित्तै आएको छ । प्रतियोगिता कात्तिक १३ गतेदेखि २० गतेसम्म मूलपानी र टीयू क्रिकेट मैदानमा हुनेछ। भारतसँग टी–२० मा नै चीनमा हारेकाले नेपालले अब विश्वकपमा पुगेर फेरि भारतसँग नै आफ्नो क्षमता देखाउने अठोट लिएको छ ।

 

 

प्रकाशित मिति : २०८० असोज १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस