२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

सात जना टिकटकर प्रहरीको नियन्त्रणमा

रौतहट । अश्लील हर्कत गरेको आरोपमा रौतहट प्रहरीले ७ जना टिकटकरलाई नियन्त्रणमा लिएको छ। जिल्लाको सदरमुकाम गौरमा रहेको होटल सिया प्यालेसमा अश्लील नृत्य भइरहदा प्रहरीले शुक्रबार राती छापा मारेर सात जनालाई नियन्त्रणमा लिएको हो।

होटलको सभाकक्षमा टिकटकमा नृत्य गर्ने महिला र पुरुषहरूले अश्लिलता फैलाएको भन्दै केही मानिसहरूले प्रहरीलाई जानकारी गराएपछि राती साढे ११ बजेको समयमा प्रहरीले उक्त होटलमा छापा मारेर सात जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी दामोदर केसीले जानकारी दिए।

सबै दोषी नरहेको र घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। स्रोतका अनुसार पक्राउ गरिएका केही व्यक्तिले सिया प्यालेस होटलमा बसेका महिला डाक्टरको कोठा ढकढक्याई खोल्न लगाउने तथा अभद्र व्यवहार गरेका थिए।

 

प्रकाशित मिति : २०८० असोज १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस