२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

ठगी आरोपमा म्यानपावर सञ्चालक पक्राउ

Manpower manager arrested on fraud charges

काठमाडौं । वैदेशिक रोजगारीका लागि साउदी अरब पठाउने बहानामा ठगी गरेको आरोपमा म्यानपावर कम्पनीका सञ्चालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा पुरानो बानेश्वरमा अवस्थित ओसो रिक्रुटिङ म्यानपावरका सञ्चालक वर्ष ४२ को लक्ष्मण विश्वासहित दुई जना रहेका छन्।

नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका ९ घर भइ हाल काठमाडौं बस्ने लक्ष्मण विश्वा र काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१० की ४० वर्षीया सोफि मल्ललाई प्रहरीले पक्राउ गरेको हो। उनले ओम बाबु साहलाई वैदेशिक रोजगारीको लागि साउदी अरब पठाइदिन्छु त्यसको लागि १ लाख २५ हजार रुपैयाँ लाग्छ, साउदी अरब पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक रु ४० हजार रुपैयाँ तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी एक लाख २५ हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई मंसीर २२ गते काठमाडौंबाट पक्राउ गरेको हो। उनीहरुविरुद्ध थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।

 

प्रकाशित मिति : २०८० पुष ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस