२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

बम्जनलाई महोत्तरी कारागारमा थुनियो

Bamjan was imprisoned in Mahottari Jail

काठमाडौं । हत्या, जबर्जस्ती करणी, बाल यौनशोषणलगायतका अभियोगमा पक्राउ परी पुर्पक्षका लागि थुनामा पठाइएका रामबहादुर बम्जनलाई महोत्तरी कारागारमा थुनिएको छ । सर्लाही जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएसँगै बम्जनलाई थुनाका लागि जिल्ला कारागार महोत्तरी पठाइएको थियो। अब उनलाई त्यहीँ राखिनेछ।

सर्लाही जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको एकल इजलासमा भएको थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको हो। लगभग ४ घण्टा चलेको बहसमा वादीको तर्फबाट जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख कैलाश दाहाल र अधिवक्ता अनन्त न्यौपाने तथा प्रतिवादीका तर्फबाट अधिवक्ताहरू डा. कुन्साङ लामा, अजय तामाङ, दिलीपकुमार झा, महनिधि सेडाई र अमृतकुमार लामाले बहस गरेका थिए।

मंगलबार साँझ काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–६ स्थित निवासबाट सिआइबीको टोलीले बम्जनलाई पक्राउ गरेको थियो। बम्जनविरुद्ध जिल्ला अदालत सर्लाहीमा नाबालिकामाथि जबर्जस्ती करणी तथा बाल यौनशोषणको मुद्दा दर्ता छ। उक्त मुद्दामा जिल्ला अदालत सर्लाहीले २१ असार ०७७ मा बम्जनविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

 

प्रकाशित मिति : २०८० पुष २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस