२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

बम्जनले जेलमै सुरु गरे ध्यान : सुत्न छुट्टै ओछ्यान, जोगीहरुसँग खानाको व्यवस्था

Bamjan refused to eat the food eaten by other prisoners

काठमाडौं । केही दिनअघि पक्राउ परेका ‘तपस्वी’ राम बहादुर बम्जनले कारागारमै योग ध्यान सुरु गरेका छन्। महोत्तरीको जलेश्वर कारागारमा रहेका बम्जनले जेलमै ध्यान सुरु गरेका हुन्। बम्जन माथि सर्लाहीको पत्थरकोट आश्रममा रहँदा एक किशोरीमाथि यौन सन्तुष्टि प्राप्त गर्ने गतिविधि तथा बाल यौन शोषण गरेको आरोप छ। सो अभियोगमा जिल्ला अदालत सर्लाहीले उनलाई पुर्पक्षका लागि जलेश्वर कारागार चलान गरेको थियो।

बम्जनले आफू सुत्ने कोठामै ध्यान सुरु गरेको जलेश्व कारागारका प्रमुख (जेलर) रामचन्द्र साहले बताए। उनले साँझ बिहान आफू सुत्ने ओछ्यानमा योग ध्यान गर्न थालेको साहको भनाई छ। बम्जन शान्त देखिएको र जेलमा रहेका अन्य कैदीहरुसँग घुलमिल हुँदै गएको साहले जानकारी दिए। बम्जनले जेलमा रहेका अन्य कैदीहरुसँग कुराकानी गर्न थालेको बताइएको छ।

“उनले साँझ बिहान आफू सुत्ने ओछ्यानमा योग ध्यान गर्न थालेका छन्। उनी शान्त देखिन्छन्। अन्य कैदीबन्दीसँग घुलमिल हुँदै गएका छन्। अरु कैदीसँग पनि गफगाफ गरिरहेका हुन्छन् साहले भने। बम्जनलाई सुत्ने ओछ्यान छुट्टै दिए पनि छुट्टै कोठा दिइएको छैन। अन्य कैदीबन्दीलाई पकाएको मेसको खाना खान अस्वीकार गरेका बम्जनलाई कारागारमा रहेका बाबा (जोगी) हरुसँगै साकाहारी खाना खाने व्यवस्था गरिएको छ।

 

प्रकाशित मिति : २०८० माघ ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस