२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

पक्राउ परेका अरुण चौधरी र अजितनारायण सिंह थापा चिरायु अस्पतालमा भर्ना

Arrested Arun Chaudhary and Ajitnarayan Singh Thapa admitted to Chirayu Hospital

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरोको नियन्त्रणमा रहेका व्यवसायी अरुण चौधरी र अजित नरायण सिंह थापा चिरायु अस्पतालमा भर्ना भएका छन्। मुटुमा समस्या देखिएपछि चौधरीलाई महाराजगञ्ज स्थित चिरायु अस्पतालमा भर्ना गरिएको सीआईबी स्रोतले जनाएको छ।

अरुण चौधरीले बाँसबारी छालाजुत्ता कारखानाबाट च्याम्पियन फुटवेयर लिमिटेडको नाममा आएको १० रोपनी जग्गा निजिकरण गरेको आरोप छ। चौधरीसँगै बाँसबारी छालाजुत्ता कारखानाका पूर्व अध्यक्ष अजितनारायण सिंह थापा पनि ब्युरोको नियन्त्रणमा छन्।

चौधरी ग्रुपका सदस्य तथा सीजी होल्डिङका प्रबन्ध निर्देशक हुन् अरुण। अजितनारायण सिंह थापा बाँसबारी छालाजुत्ता कारखानाका पूर्व अध्यक्ष हुन्। उनीहरुले सरकारको नामको १० रोपनी जग्गा किर्ते गरेर निजीकरण गरेको आरोपमा सीआईबीले अनुसन्धान गरिरहेको छ। यता व्यसायीहरुले भने चौधरीलाई पक्राउ गरेकोमा आपत्ति जनाएका छन्। उनीहरुले बिहीबार पत्रकार सम्मेलन गर्दै निजी क्षेत्रलाई सरकारले हतोत्साहित हुनेगरी डण्डा बर्साएको आरोप लगाएका छन्।

 

प्रकाशित मिति : २०८० माघ १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस