२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

पक्राउ परेका अधिकृत नरवीर खड्काको बयान : अध्यागमनमा घुस खान सहजीकरण समिति नै छ

काठमाडौं । २०८० कात्तिक १४ गते त्रिभुवन विमानस्थलबाट भिजिट भिसामा विभिन्न देशमा जान लागेका कौशिला मगर र लक्ष्मी राईको कागजात शङ्कास्पद देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले उनीहरूको कागजात नियन्त्रणमा लिई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा अनुसन्धानका लागि पठायो । उनीहरूको साथबाट हवाई यात्रा अनुमति समेतका कागजातहरू शङ्कास्पद देखिएको तथा सम्बन्धित एयरलाइन्सका कर्मचारीहरूसँग समन्वय गर्दा समेत आवश्यक कागजातहरू पूरा नभएको देखिएकाले त्यस सम्बन्धमा थप छानबिन गर्न भन्दै उनीहरूको पासपोर्ट सहितका कागजात अनुसन्धानका लागि पठायो ।

अनुसन्धान गर्दा कौशिला मगर र लक्ष्मी राईको श्रम स्वीकृति लगायतका कागजातहरू नक्कली रहेको पुष्टि भयो । उनीहरूसँग बयान लिँदा आफूहरू कुवेत जानको लागि श्रम स्वीकृति र पुलिस रिपोर्टको कागजात चाहिन्छ भनी गीता शाह नाम गरेकी महिलाले पैसा लिएर बनाइदिएको भन्ने बयान दिए । सोही बयानका आधारमा गीता शाह र उनीसमेतको बयानमा अरुण दाहाललाई प्रहरीले पक्राउ गर्‍यो । उनीहरू पक्राउ परेपछि गीता शाहले अरुण दाहालमार्फत विदेश जाने विभिन्न व्यक्तिहरूको नक्कली श्रम स्वीकृति, पुलिस रिपोर्ट लगायतका कागजात बनाई दिने गरेको तथा अरुण दाहाललाई सोधपुछ गर्दा गीताशाह मार्फत आएका विभिन्न व्यक्तिहरूको नक्कली श्रम स्वीकृति, पुलिस रिपोर्ट लगायतका कागजात बनाई ट्राभल्समा काम गर्ने सरोज कुमार यादवलाई दिने गरेको र निजले एयरपोर्टमा सेटिङ मिलाउने गरेको बयान दिए । साथै अरुणको बयानमा अध्यागमन लगायतका स्थानमा सेटिङ गरेबापत यादवले महिलाको हकमा ५० हजार र पुरुषको हकमा १८ हजार रुपैयाँ लिने गरेको तथा सो रकम गीता शाहले नै दिने गरेको बयान दिए ।

सोही बयानका आधारमा २०८० मङ्सिर १८ गते सरोजकुमार यादव पनि पक्राउ परे । पक्राउपछि लिइएको मौकाको बयानमा यादवले आफूले पर्यटक भिसामा विदेश जाने व्यक्तिहरूको टिकट काट्ने, एयरपोर्ट भित्रको सम्पूर्ण प्रक्रिया मिलाउने काम गर्छु, एजेन्टले दिएको नामावली अध्यागमन कार्यालयका कर्मचारी नरवीर खड्कालाई पठाई प्रतिव्यक्ति १५ हजार दिने गरेको छु, निजलाई हालसम्म ४ लाख रुपैयाँ जति दिएको छु भनी बयान गरे । खड्काले अध्यागमनमा घुस खान सहजीकरण समिति नै छ भनेर खुलाइदिए ।

 

 

प्रकाशित मिति : २०८० माघ २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस