२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

अपडेट : गोली लागेकी महिला प्रहरीको मृत्यु, हत्या आरोपमा श्रीमान् पक्राउ

दाङ । दाङमा गोली हानेर महिला प्रहरीको हत्या भएको छ। वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमाया थापालाई उनकै श्रीमान प्रहरी हवल्दार यमबहादुर झाक्रीले गोली हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

उनका श्रीमानले घोराहीको दामोदर चोकमा ड्युटीमा रहेको अवस्थामा गोली चलाएका थिए। गोली हानेर भाग्दै गरेका झाक्रीलाई लमही अर्जुनखोलाबाट पक्राउ गरेको दाङ प्रहरी प्रमुख राम बहदुर केसीले जानकारी दिए। झाक्री नेपालगञ्ज तालिम केन्द्रमा कार्यरत प्रहरी रहेको बुझिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रकाशित मिति : २०८० फाल्गुन ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस