२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

प्रश्न पत्र आउट गर्ने शिक्षक निलम्बित

अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिकाले प्रश्न पत्र आउट गर्ने शिक्षकलाई निलम्बन गरेको छ। मालारानी गाउँपालिका वडा नम्बर ८ मा रहेको बाल शिक्षा माध्यमिक विद्यालयका शिक्षक बुद्धि बहादुर बिकलाई एक महिनाको लागि निलम्बन गरिएको गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण कँडेलले बताए।

शैक्षिकसत्रको यसै वर्षदेखि गाउँपालिकाले शिक्षाको गुणस्तरमा सुधार गर्न पालिकाले प्रश्नपत्र बनाएर र मर्यादित परीक्षा सञ्चालन गर्दै आएको थियो। परीक्षा सुरु हुनभन्दा पहिले नै प्रश्नपत्र बाहिरिएपछि प्रश्नपत्र बाहिर ल्याउने शिक्षक बिकलाई शुक्रबार बसेको कार्यपालिका बैठकले १ महिनाको लागि निलम्बन गरेको हो। पालिका भित्र रहेका शिक्षक संघ संगठनहरुले प्रश्न पत्रको गोपनीयता कायम नभएको विषयमा सत्य तथ्य छानबिन गर्न विज्ञप्ती मार्फत गाउँपालिकाको ध्यानाकर्षण समेत गराएका थिए।

 

प्रकाशित मिति : २०८० फाल्गुन ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस