२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

नाईट क्लवमा काम गर्ने किशोरी सामुहीक बलात्कृत, ट्याक्सी चालक भन्छन् सहमतिमै भएको थियो

Rape of a minor

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित नाइट क्लबमा काम गर्ने एक २० वर्षिया किशोरी सामुहीक बलात्कारको सिकार भएकी छिन्। युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जना ट्याक्सी चालकलाई पक्राउ गरेको छ, अर्को एक जना फरार छन्।

सिन्धुपाल्चोक घर भई गोकर्णेश्वर नगरपालिका–६ बस्दै आएका ५८ वर्षीय चालक पदम घ्याम्चो तामाङसहित दुई जना युवाले मदिराको नसामा रहेकी ती युवतीलाई २० माघमा गोठाटारको एक होटलमा लगेर बलात्कार गरेको खुलेको छ। तामाङले उनकै ट्याक्सीमा क्बलका युवतीहरूलाई राति घर पु¥याउने काम गर्थे।

बलात्कारमा संलग्न काभ्रे घर भएका २९ वर्षीय दिपकबहादुर श्रेष्ठ भने फरार छन्। उनको खोजी भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ। तामाङलाई भने जिल्ला अदालत, काठमाडौंले शुक्रबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

२० माघको बिहान ४ बजे ड्यूटी सकेपछि क्लबका कर्मचारीले ट्याक्सी बोलाएर ति किशोरीसहित ४ जना युवतीहरुलई डेरामा छाड्न भनेर पठाइदिएका थिए। तर, चालक तामाङले सबैलाई कोठामा छाडिदिए पनि आफूलाई भने नशा लागेको अवस्थामा होटलमा लगेर बलात्कार गरेको पीडितले बताएकी छिन्। पीडितले प्रहरी वृत्त, नयाँ बानेश्वरमा दिएको किटानी जाहेरी अनुसार, उनलाई कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारस्थित शैलुङश्वरी होटल एण्ड लजको कोठामा लगेर बलात्कार गरिएको थियो। साँझपख होसमा आएपछि काम गर्ने क्लबका साहुलाई समेत घट्नाको बारेमा जानकारी गराएको उनले वताएकी छिन्।

चालक तामाङले भने सहमतिमै सम्बन्ध राखेको दाबी गरेका छन्। दुवै आरोपीविरुद्ध सरकारी वकिलले मुलुकी अपराध संहिताको दफा २१० मा रहेको जबरजस्ती करणी गर्न नहुने कसूरमा सजाय माग दाबी गर्दै मुद्दा दायर गरेको थियो।

 

प्रकाशित मिति : २०८० फाल्गुन १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस