काठमाडौं । चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा मृत फेला परेकी १४ वर्षीया शालिन पोखरेलको सुसाईड नोट फेला परेको भनिएको छ । सोही स्कुलमा कक्षा ८ मा अध्ययनरत पोखरेल प्लाष्टिकको डोरीमा झुण्डिएको अवस्थामा फागुन १२ गते मृत भेटिएकी थिईन् ।
शालिनले छाडेको सुसाइड नोट फेला पारेको अनुसन्धान अधिकृतहरुले जानकारी दिएका थिए । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार नोटमा उनले सरी एभ्रिबडी, सरी ममि ड्याड लेखेकी छन् । सुसाइड नोटको फरेन्सिक जाँच गरिरहेको प्रहरीले जनाएको छ । पोखरेलको परिवारले उनको बलात्कार पछि हत्या भएको भन्दै छानबिनको माग गर्दै आएको छ । परिवारले उनको नोट नै नभएको दाबी गरेको छ ।
प्रकाशित मिति : २०८० फाल्गुन २० गते आइतवार

