२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

भक्तपुरको हनुमन्‍ते खोलामा काठमाडौं बस्ने पुरूष मृत फेला, स्कुटर पनि घटनास्थलमा

Crime murder

काठमाडौं । भक्तपुरको हनुमन्ते खोलामा एक जना पुरूष मृत फेला परेका छन्। सोमबार बिहान सवा ६ बजे मध्यपुरठिमी नगरपालिका वडा नम्‍बर ९ राधेराधेस्थित हनुमन्ते खोलामा एक जना पुरूष मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए।

मृतक इलाम नगरपालिका वडा नम्बर ३ घर भई काठमाडौंको तिनकुने बस्ने २६ वर्षीय छत्र थापा छन्। उनी खोलाको बीचमा उत्तानो परेको अवस्थामा फेला परेका हुन्। उनको बा ८६ प.९७३० नम्बरको स्कुटर पनि खोलामा फेला परेको हो।

प्रहरी वृत्त ठिमीबाट अनुसन्धान अधिकृत सहितको टोली खटिएको छ। शव पोष्टमर्टमको लागि केएमसी दुवाकोट अस्पतालमा लगिएको छ। डिएसपी पाठकका अनुसार दुर्घटना भएको हो वा होइन भन्नेबारे पनि अनुसन्धान भइरहेको छ। त्यस ठाउँ आसपासका सिसिटिभी फुटेज पनि हेर्ने काम भइरहेको उनले बताए। ‘अहिले नै यही हो भन्न सकिने अवस्था छैन। दुर्घटना पनि हुनसक्छ। अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘घटनास्थलमा हेल्मेट भेटिएको छैन। लगाएको थियो वा थिएन भन्ने पनि खुल्ला।’

 

प्रकाशित मिति : २०८० फाल्गुन २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस