२०८२ फाल्गुन ३० गते शनिवार | 2026 March 14th Saturday

केकी अधिकारीको ‘बोक्सीको घर’को टिजर रिलिज

काठमाडौं। अन्तर्राष्ट्रिय नारी दिवस तथा महाशिवरात्रीको अवसर पारेर अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका रहेको नेपाली चलचित्र ‘बोक्सीको घर’को टिजर सार्वजनिक गरिएको छ ।

आठ वर्षअघि मञ्चन भएको चर्चित नाटक ‘बोक्सीको घर’मा आधारित रहेर निर्माण गरिएको यो चलचित्र सामाजिक-थ्रिलर जनरामा निर्माण भएको छ । यसले समाजमा प्रचलित कुप्रथालाई चित्रण गर्छ । महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि रहेर यो चलचित्र निर्माण भएको हो ।

केकी अधिकारी फिल्मस्को प्रस्तुतिमा निर्माण भएको चलचित्र नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शन गर्नुका साथै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने योजना रहेको छ । सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको चलचित्रमा निर्माताका रूपमा केकीका बाबु बद्री अधिकारी रहेका छन् । यस्तै कार्यकारी निर्माता राज घिमिरे हुन् ।

यसमा केकीका अलावा सुपला सापकोटा, स्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ ।

प्रकाशित मिति : २०८० फाल्गुन २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस