२०८२ मङ्सिर ३ गते मङ्गलवार | 2025 November 18th Tuesday

बचतकर्ताको रकम अपचलन गरेको आरोपमा लालीगुराँस सहकारीका अध्यक्षसहित ४ जना पक्राउ

१६ असार , काठमाडौँ । प्रहरीले ललितपुरको लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्थामा बचतकर्ताको रकम अपचलन गरेको भन्दै अध्यक्ष अमरदास श्रेष्ठसहित ४ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै ललितपुरको पुल्चोकमा रहेको उक्त सहकारीका बचतकर्ताको रकम अपचलन गरेको भन्दै अध्यक्ष श्रेष्ठ, सचिव एवं प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, कोषाध्यक्ष अमृतकुमार अर्याल र सञ्चालक सदस्य कदमबाबा जोशी प्रधानलाई पक्राउ गरि सार्वजनिक गरेको हो ।

उनीहरुले सहकारीका २२ हजार बचतकर्ताको ६ अर्ब ३० करोड रकम अपचलन गरेको हुनसक्ने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ असार १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस