काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई विस्तारै आफूतर्फ आकर्षित गरिरहेका छन् । उनले केही विशेष जिम्मेवरी दिने तयारी गरेका छन् । आजै मात्र प्रधानमन्त्री शाहको तर्फबाट महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदन, २०८३ संसदमा पेस गर्न महावीरलाई खटाएका छन् ।
त्यस्तै, प्रधानमन्त्री शाहको तर्फबाट मन्त्री पुनले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति माग्ने र प्रस्तुत गर्ने जिम्मेवारी दिएका छन् ।
यो उनको मन्त्रालयगत जिम्मेवारी हैन । तरपनि बालेन महावीरलाई आफ्ना धेरै जिम्मेवारी दिएर विश्वास पात्र बनाउँन चाहान्छन् । निस्वार्थ काम गर्ने पात्र भएकाले बालेनलाई महावीर मन परेको छ । महावीरपनि पछिल्लो समय प्रधानमन्त्री बालेनसँग निकट हुँदै गएका छन् ।

