२०८३ असार २८ गते आइतवार | 2026 July 12th Sunday

उपमेयरले चलाएको गाडी भीरबाट खस्यो, घटनास्थल मै मृत्यु

प्युठान । प्युठानको स्वर्गद्वारी नगरपालिकाका उममेयर मिनराज राना मगरको जिप दुर्घटनामा मृत्यु भएको छ। स्वर्गद्वारी–२ बाङ्गेसल्लाबाट धनवाङतर्फ जाँदै गरेको लु प्र ०१–००१ झ ०००८ नम्बरको नगरपालिकाको नाममा रहेको बोलेरो पिकअप जिप दुर्घटना हुँदा उपमेयर ५० वर्षीय राना मगरको घटनास्थलमा नै मृत्यु भएको हो।

शनिबार अपराह्न पौने ५ बजेतिर उपप्रमुख राना आफैंले चलाएको जिप सडकदेखि ३०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिपमा उनी एक्लै सवार रहेको प्रहरीले जनाएको छ। उनी राष्ट्रिय जनमोर्चाबाट निर्वाचित भएका थिए।

प्रकाशित मिति : २०८३ असार १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस