२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

ठमेलमा ६ बर्षदेखि जुवा खेलिरहेका ५ जना चिनियाँ नागरिक समातिए

काठमाडौं । काठमाडौंको ठमेलमा जुवा खेलिरहेका ५ जना चिनियाँ नागरिक पक्राउ परेका छन्। शनिबार काठमाडौं महानगरपालिका(२३ ठमेलस्थित छियान सी होटल एन्ड रेष्टुरेन्टबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिए।

फिस सुटिङ गेम, माझोङ लगायत जुवा खेलिरहेको आरोपमा प्रहरीको टोलीले पाँच जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा झु किछियाङ, हुइ पेङ, वेन झिमेइ, वाङ जिन्यु र लुई शुन छन्।

उनीहरूले पाँचरछ वर्षदेखि उक्त घरमा कोठा भाडामा लिएर जुवा खेल्ने र खेल्न लगाउने कार्य गर्दै आएको प्रहरीले जनाएको छ। उनीहरूबाट २३ लाख ९८ हजार २० रुपैयाँ, एउटा फिस सुटिङ गेम खेलाउने उपकरण, माझोङ खेल्ने दुई वटा, गोटिहरू र पाँच वटा मोबाइल बरामद गरेको छ। थप अनुसन्धानका लागि पाँचै जनालाई जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको छ।

 

प्रकाशित मिति : २०८१ असोज २० गते आइतवार
प्रतिक्रिया दिनुहोस