२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

आज हालसम्मकै उच्च मूल्यबाट घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?

Today Gold price in Nepal

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आइतबार अहिलेसम्मकै उच्च मूल्यमा कारोबार हुँदै रेकर्ड बनाएको सुनको भाउ सोमबार तोलामा ४ सय रूपैयाँले घटेको छ ।

आज छापावाल सुन तोलाको १ लाख ६७ हजार रूपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार चाँदी तोलामा २० रूपैयाँले घटेर प्रतितोला २ हजार ६५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस