२०८२ चैत्र २८ गते शनिवार | 2026 April 11th Saturday

हायलक्स कार दुर्घटना हुँदा सबैको मनमा बसेका शिक्षक खनालको निधन, पाँच जना घाइते

Teacher Khanal, who was in everyone's mind, passed away due to a Hilux car accident

काठमाडौं । नुवाकोटको काफलडाँडामा हायलक्स कार दुर्घटना हुँदा तनहुँको व्यास नगरपालिका वडा–९ काजीफाँट (हाल तारकेश्वर नगरपालिका काठमाडौं) निवासी उपेन्द्र खनालको मृत्यु भएको छ । शिवपुरी गाउँपालिका-८ काफलडाँडामा शनिबार काठमाडौंबाट नुवाकोट हुँदै लमजुङ जाने क्रममा बा १४ च ३८५४ नम्बरको निजी हाइलक्स गाडी सडकबाट ५० मिटर तल खसेको हो। दुर्घटनामा चालकसहित पाँच जना घाइते भएका छन् ।

दुर्घटनामा चालक काठमाडौंको तारकेश्वर १ का ४६ वर्षीय विश्वनाथ अधिकारी, नागार्जुन- ३ का ६३ वर्षीय चन्द्रनाथ शर्मा, तारकेश्वर ९ मनमैजुका ५२ वर्षीय रामशरण अधिकारी, ७६ वर्षीया हरिकला खनाल र ५१ वर्षीया गायत्री खनाल घाइते भएको प्रहरी उपरिक्षक शान्तिराज कोइरालाले जानकारी दिए । उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका खनालको काठमाडौको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा ज्यान गएको हो ।

दुर्घटनालगत्तै स्थानीयवासी, जनप्रतिनिधि र प्रहरीले घाइतेको उद्धार गरेका थिए । घाइतेहरुको काठमाडौंको विभिन्न अस्पतालमा उपचार भइरहेको नुवाकोट प्रहरीले जनाएको छ । मृतक खनाल शिक्षक हुन् । तारकेश्वर नगरपालिकामा उनी सबैको मनमा बसेका व्यक्तिमा पर्दथे ।

 

प्रकाशित मिति : २०८१ असोज १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस