२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

३ महिनामा एक अर्ब ५४ करोडको आइटी सेवा निर्यात, ५१ करोडको आयात

काठमाडौं ।  राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८१-८२ को तीन महिना (साउनदेखि असोज) सम्म को तथ्यांक अनुसार यो अवधिमा एक अर्ब ५४ करोड रूपैयाँ बराबरको सूचना प्रवृधिमा आधारित (आइटी) सेवा निर्यात भएको छ।

त्यस्तै, ५१ करोड रूपैयाँ बराबरको यस्तो सेवा आयात गरेको हो।

राष्ट्र बैंकले चालु आर्थिक वर्षबाट यस्तो तथ्यांक प्रकाशित गर्न थालेको हो। यही कारण अघिल्लो वर्षको यस्तो तथ्यांक भने राखिएको छैन।

प्रोफेसनल र म्यानेजमेन्ट कन्सलटेन्सी सेवा निर्यातबाट नेपालले आठ अर्ब ५३ करोड रूपैयाँ आम्दानी गरेको छ।

प्रकाशित मिति : २०८१ मङ्सिर ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस