२०८२ साउन ३ गते शुक्रवार | 2025 July 18th Friday

चर्चित गायक सुरज पण्डितको ‘तम्रा मनमा’ बोलको गीतमा सरस्वती खत्रीको उत्कृष्ट अभिनय

१५ पौष, काठमाण्डौँ । चर्चित गायक सुरज पण्डित र गायिका अनु चौधरीको आवाजमा सजिएको ‘तम्रा मनमा हाम्रा माया’ बोलको गीत सार्वजनिक भएको छ । गायक सुरज पण्डितले यो गीत बजारमा केहि महिना अगाडी ल्याएका थिए । तर गीत भिडियोको रुपमा बाहिर आएको थिएन । आज जिडी क्रिएसन नामको युटुव च्यानलबाट सार्वजनिक गरिएको गायक सुरज पण्डितले जानकारी दिए ।

गीतमा शब्द सुमन थापा र सुरज पण्डितको रहेको छ भने संगीत सुरज पण्डितको छ । गीतमा बिक्रम बुढाथोकी र सरस्वती खत्रीले अभिनय गरेका छन् । बजारमा आएको गीतलाई माया गरिदिन आग्रह गरिएको छ । अझ गीतमा सरस्वती खत्रीको अभिनय उत्कृष्ट देखिएको छ । उनले लगाएको ड्रेसअप र गरिएको अभिनय देख्दा जोकोहि पनि भिडियोलाई दोहोराएर हेर्छन् । यहाँ बिक्रम बुढाथोकीको अभिनय पनि निकै सुहाएको छ ।

प्रकाशित मिति : २०८१ पुष १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस