काठमाडौं । स्थानीय बजारमा बुधवार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको मूल्य १ हजारले घटेको हो ।
महासंघका अनुसार मंगलवार प्रतितोला २ लाख ९१ हजार ५ सयमा कारोबार भएको सुन बुधवार घटेर प्रतितोला २ लाख ९० हजार ५ सयमा कायम भएको छ ।
त्यसैगरी, बुधवार चाँदीको मूल्य पनि २० रुपैयाँले बढेको छ । मंगलवार प्रतितोला ५ हजार ६० रुपैयाँमा कायम भएको चाँदी बुधवार ५ हजार ८० रुपैयाँमा कायम भएको हो ।
प्रकाशित मिति : २०८३ जेष्ठ १३ गते बुधवार

