२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

अभियन्ता आशिका तामाङलाई अझै थुन्ने, थपियो म्याद

Ashika Tamang

काठमाडौं । अभियन्ता आशिका तामाङलाई अभद्र व्यवहार सम्बन्धी अनुसन्धानका लागि थप ५ दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको छ। माघ २ मा पक्राउ परेकी तामाङमाथि गौशाला प्रहरीले अनुसन्धान गरिरहेको छ।

पशुपति क्षेत्र विकास कोषले पनि अनुसन्धानका लागि प्रहरीलाई पत्र पठाएको छ। तामाङले प्रहरीसँग विवाद गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। पशुपति क्षेत्र विकास कोषलाईपनि गाली गलौज गरेको भिडियोमा देखिएकाले कारबाहीको माग गरिएको छ ।

 

प्रकाशित मिति : २०८१ माघ ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस