२०८३ असार ३ गते बुधवार | 2026 June 17th Wednesday

१९ वर्षमै सुब्बा बनेकी अनिताको मुख्यसचिव बन्ने लक्ष्य, दिइन् सफताका टिप्स

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका-६ की अनिता खवासले १९ वर्षको उमेरमै लोक सेवा आयोगको नायब सुब्बा पदको परीक्षा पास गर्दै सिन्धुपाल्चोकको पाँच पोखरी थाङपाल गाउँपालिकामा लेखापाल पदमा सिफारिस भएकी छिन्।

हाल बुटवलको अक्सफोर्ड कलेजमा स्नातक दोस्रो वर्ष अध्ययनरत अनिता सरकारी जागिर पाएसँगै परिवार र समाजमा प्रेरणाको स्रोत बनेकी छन्।

मुख्यसचिव बन्ने सपना:
अनिताले आफ्नो लक्ष्य मुख्यसचिव बन्ने रहेको बताउँदै मेहनत, धैर्यता, र लगनशीलताले नै सफलता सम्भव हुने उल्लेख गरिन्।

लोक सेवा तयारीका लागि अनिताका टिप्स:
१. स्पष्ट योजना बनाएर अध्ययन गर्नु।
२. कमजोरीमा विशेष ध्यान दिनु।
३. सामान्य ज्ञान र समसामयिक विषयमा अपडेट रहनु।
४. पत्रपत्रिका र इन्टरनेटको उपयोग गर्नु।

“युवाले व्यवस्थालाई सुधार्न सक्छन्,” भन्दै अनिताले सरकारी सेवामा लाग्ने युवाहरूलाई प्रेरणा दिएकी छिन्।

प्रकाशित मिति : २०८१ माघ १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस