२०८३ असार ९ गते मङ्गलवार | 2026 June 23rd Tuesday

च्याटजीपीटीले अचानक काम गर्न छोड्यो

chat gpt

काठमाडौं ।  ओपनएआईको लोकप्रिय एआई च्याटबोट च्याटजीपीटीमा व्यापक समस्या आएको छ। कम्पनीले अझै समस्या स्वीकार नगरेको भएपनि विश्वभर नै प्रयोगकर्ता प्रभावित भएका छन्।

आउटेज ट्र्याकिङ साइट डाउनडिटेक्टर डट कमका अनुसार, हजारौं प्रयोगकर्ताहरूले आफ्नो सेवा प्रभावित भएको रिपोर्ट गरेका छन्। पछिल्ला केही दिनदेखि विश्वभरका प्रयोगकर्ताहरूले समस्या भोग्दै आएका छन्।

प्रयोगकर्ताहरूले साइट र एपमा पहुँच गर्न खोज्दा ‘ब्याड गेटवे’ भन्ने सन्देश प्राप्त गरेको जनाएका छन्।

 

प्रकाशित मिति : २०८१ माघ १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस