२०८२ चैत्र २८ गते शनिवार | 2026 April 11th Saturday

कार दुर्घटनामा परी उच्च अदालतका न्यायाधीश रेग्मीसहित दुई घाइते

काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिकामा पर्ने नडाहाको जंगलमा मंगलबार सवारी दुर्घटना हुँदा उच्च अदालत पाटनका न्यायाधीश नारायणप्रसाद रेग्मीसहित दुई जना घाइते भएका छन्। न्यायाधीश रेग्मी चढेको बिएबी ७१४६ नम्बरको कार मंगलबार साँझ दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

मदन भण्डारी राजमार्गमा पर्ने बराहक्षेत्र ३ को जंगलमा कार दुर्घटना भएको हो। ५४ वर्षीय न्यायाधीश रेग्मी र उनीसँगै कारमा सवार कृष्ण खनाल घाइते भएको र उनीहरूको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : २०८१ माघ १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस