काठमाडौं । चितवनको साहारा चितवन बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा प्रहरीले दोस्रो चरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम मिश्रका अनुसार, मुलुकी फौजदारी संहिताको ठगी र संगठित अपराधको कसुरमा मुद्दा चलाउनुपर्ने रायसहित प्रतिवेदन बुझाइएको हो।
प्रतिवेदनमा रवि लामिछाने सहितका व्यक्तिहरुलाई दोषी देखाइएको छ । उनीहरुविरुद्ध मुलुलकी फौजदारी अपराध संहिताको ठगी र संगठित अपराधको कसुरमा मुद्दा चलाउनुपर्ने राय प्रहरीको छ ।
यसअघि पहिलो चरणमा ४४६ बचतकर्ताको ३७ करोडभन्दा बढी रकम अपचलन भएको ठहर गर्दै १७ जनालाई प्रतिवादी बनाइएको थियो। मुद्दा अहिले पनि अदालतमा विचाराधीन छ।
प्रकाशित मिति : २०८१ माघ ७ गते सोमवार

