२०८३ बैशाख ९ गते बुधवार | 2026 April 22nd Wednesday

प्रेमीलाई अविवाहित देखाउन दुई छोरीको हत्या : मुटु चर्किने नेपालकोे घटना

www.janaboli.com;

सल्यान । सल्यानको वनगाड कुपिन्डे नगरपालिका-११ की २६ वर्षीया पूर्णिमा राना मगरले आफ्ना ३ वर्ष र ६ महिनाकी छोरीको घाँटी थिचेर हत्या गरेकी छन्। प्रहरीका अनुसार पूर्णिमाले आफ्नो प्रेमीसँग विवाह गर्न आफू अविवाहित भएको देखाउन छोरीहरूको हत्या गरेको स्वीकार गरेकी छिन्।

पूर्णिमा भारतमा बस्ने एक युवकसँग सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्धमा थिइन्। ती युवकलाई आफू विवाहित र दुई छोरीकी आमा रहेको बताएकी थिइनन्। प्रेमीसँग भेट्नुभन्दा केही दिनअघि उनले छोरीहरूको हत्या गरेकी हुन्।

हत्या गरेको दिन उनका श्रीमान टेकबहादुर मजदुरीका लागि बाहिर गएका थिए। टेकबहादुरले पूर्णिमाविरुद्ध किटानी जाहेरी दिएका छन्। प्रहरीले पूर्णिमाका प्रेमीसँग मोबाइल जाँचसहित थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : २०८१ माघ ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस