२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

तिलहरी चोरेर बेच्न खोज्दा विवाद, भन्दिन्छु भनेपछि नाबालकको हत्या

काठमाडौं । दैलेखमा ११ वर्षीय नाबालकको हत्या गरिएको अवस्थामा शव फेला परेको छ। माघ २५ गते हराएका उनको हत्या आफ्नै साथीहरूले गरेपछि शनिबार शव फेला परेको हो।

चोरी गरेको सुनको तिलहरी बेच्न खोज्दा साथीहरू बीच विवाद उत्पन्न भएको थियो। त्यसपछिउनलाई हत्या गरी घर नजिकैको खोलामा गाडिएको थियो।

हत्यामा संलग्न दुवै जना नाबालक रहेकाले प्रहरीले नाम खुलाएको छैन। प्रहरीले घटनास्थलमा पुगेर शव निकालेको र हत्यामा संलग्न दुई नाबालकलाई पक्राउ गरी, जिल्ला अदालत दैलेखबाट म्याद थप गरी अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

 

प्रकाशित मिति : २०८१ फाल्गुन ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस