२०८३ जेष्ठ २४ गते आइतवार | 2026 June 7th Sunday

प्रचण्डको घोषणा: अब गठबन्धन होइन, एक्लै सरकार बनाउँछौं

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब कुनै पार्टीसँग गठबन्धन नगरी आफ्नै बलमा सरकार बनाउने बताएका छन्। झापाको तराई–मधेश जागरण अभियान उद्घाटनमा उनले जनताले नै सहकार्य नगर्न सुझाएको उल्लेख गरे।
कांग्रेस र एमालेसँगको गठबन्धनले जनतासँगको सम्बन्ध टुटेको आत्मसमीक्षा गर्दै प्रचण्डले भने, ‘अब जनतासँग क्षमा मागेर सम्बन्ध सुधार्छौं। गठबन्धनले हामी विमुख भयौं, अब त्यसो गर्दैनौं।’
सुशासन र भ्रष्टाचारविरुद्धको अभियान चलाउँदा रातारात सरकार परिवर्तन भएको दावी गर्दै उनले भने, ‘अभियुक्त पक्राउ परेपछि नाटक भयो। हामी यो सरकार फेर्न होइन, जनताको शक्तिबाट एक्लै सरकार बनाउन लाग्छौं।’
प्रचण्डले विगतमा सहकार्यले अरूलाई ठूलो बनाएको भन्दै अब एक्लै चुनाव लडेर पहिलो पार्टी बन्ने दावी गरे। ‘जोसँग सहकार्य गर्‍यौं, त्यही ठूलो भयो। सहकार्य नगर्दा हामी ठूलो थियौं। उपचुनावमा हामी नम्बर एक भयौं,’ उनले भने।

प्रकाशित मिति : २०८१ फाल्गुन १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस