२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

१६ वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोपमा ५८ वर्षीय पुरुष पक्राउ

डडेलधुराको आलिताल गाउँपालिका–७ बस्ने ५८ वर्षीय भोज बहादुर बोहरालाई १६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको छ। गत असारमा भोज बहादुरले ती बालिकामाथि जबरजस्ती करणी गरेको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय डडेलधुराबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीले घटनाको आवश्यक अनुसन्धान सुरु गरेको छ।

 

प्रकाशित मिति : २०८१ फाल्गुन १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस