२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

बागमती नदीमा बारोमा प्याक गरेको अवस्थामा श`व फेला, ५ जना पक्राउपछि प्रहरीले के भन्यो ?

काठमाडौं । गोकर्णेश्वरमा एक महिलाको हत्या गरी बोरामा प्याक गरेर शव फालिएको अवस्थामा भेटिएको छ । हत्या आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सर्लाहीको बागमती ढुंगेखोला घर भएका २५ वर्षीय कैलाश खड्का, मकवानपुरको हेटौडा शिखरपानी घर भएका २० वर्षीय सुरेश तामाङ, नुवाकोटको मेघाङ–४ देउराली घर भएका २४ वर्षीय रोशन तामाङ, सिन्धुपाल्चोकको तिपिने घर भएकी २० वर्षीया पूजा परियार र एक नाबालक छन् ।

उनीहरुलाई प्रहरी वृत्त बौद्धको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए । शनिबार मध्यान्ह करिब १२ बजेतिर गोकर्णेश्वर नगरपालिका–७ नामी कलेज नजिकको बागमती खोलाको बीच भागमा पानीमा डुबेको अवस्थामा एक महिला मृत भेटिएकी थिइन् । बारोमा प्याक गरेको अवस्थामा अन्दाजी ३५ वर्ष जतिकी महिलाको शव फेला परेको सूचना प्रहरीले पाएको थियो ।

प्रहरीले उक्त शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाएर घटनाबारे अनुसन्धान अघि बढाएको थियो । सो क्रममा ती महिलाको हत्या भएको खुलेको प्रहरीले जनाएको छ । उनीहरुबाट हत्या गरिएकी महिलाको सनाखत भने हुन सकेको छैन ।

प्रकाशित मिति : २०८१ फाल्गुन २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस